बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

वामदेवलाई माधव नेपालकाे सुझाव : बालुवा पेलेर तेल निस्किँदैन

वामदेवलाई माधव नेपालकाे सुझाव : बालुवा पेलेर तेल निस्किँदैन

काठमाडाैं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नसुिध्रिने र कसैले पनि सुधार्न नसक्ने बताएका छन् । 

बुधबार काठमाडाैंमा वागमती प्रदेशस्तरीय कार्यकर्ता भेला संबाेधनका क्रममा नेपालले वामदेव गाैतमतर्फ इंगित गर्दै भने, ‘अहिले वामदेव गाैतम बालुवा पेलेर तेल निस्कन्छ कि भनेर पेलेकाे पेलै हुनुहुन्छ । वालुवा पेलेर तेल निस्कनेवाला छैन । काेही द्वीविधामा नबसे हुन्छ ।’ 

भ्रम छ भने अझै पनि प्रयास गर्न उनले आग्रह गरेका छन् । 

नेपालले भने, ‘कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । प्रचण्डले पनि ‘कुकुरको पुच्छर सोझिन्छ कि’ भनेर तेल लगाउनुभयो । तर बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रिने मानिस होइन, झुक्ने मानिस होइन । उनले भाँच्छन् तर झुक्दैनन् ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend