logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • एनसेलको आम्दानी निरन्तर ओरालो, गत वर्ष ३४ अर्ब मात्र

    एनसेलको आम्दानी निरन्तर ओरालो, गत वर्ष ३४ अर्ब मात्र

    616
    Shares
    एनसेलको आम्दानी निरन्तर ओरालो, गत वर्ष ३४ अर्ब मात्र

    काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियटा लिमिटेडको व्यापार झण्डै १० प्रतिशत घटेको छ । गत वर्ष सन् २०२४ मा एनसेलको मोबाइल व्यापार घटेर ३४ अर्ब ६ लाख ८० हजार रुपैयाँमा सिमित भएको छ ।

    २०२३ मा एनसेलले ३७ अर्ब ४४ करोड ४२ लाख रुपैयाँ व्यापार गरेको थियो । एक वर्षको अवधिमा एनसेलको व्यापार ३ अर्ब ३७ करोड ४० लाख रुपैयाँ घटेको एनसेलले जनाएको छ । २०२२ मा एनसेलको व्यापार ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ थियो ।

    यस्तै २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख, २०२० मा ४६ अर्ब करोड ८७ करोड ४० लाख, २०१९ मा ५५ अर्ब ३९ करोड र २०१८ मा ५९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ कारोबार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    २०१८ देखि अहिलेसम्म ७ वर्षको अवधिमा एनसेलको व्यापार निरन्तर ओरालो लागेको छ । यसबीचमा एनसेलको आम्दानी २५ अर्ब ७४ करोड ९० लाख रुपैयाँ घटेको छ । सन् २०२५ को पहिलो त्रैमाशमा एनसेलले ८ अर्ब ३० करोड ४० लाख रुपैयाँ मात्र व्यापार गरेको छ ।

    कम्पनीको आम्दानी बजार सेयर घटेर ५३ प्रतिशतमा झरेको छ । यसअघि २०२० मा ६१ प्रतिशत आम्दानी बजार हिस्सा थियो । आम्दानी निरन्तर घटे पनि एनसेलको अपरेटिङ प्रफिट राम्रो रहेको छ । गत वर्षसम्म अपरेटिङ प्रफिट ५४ प्रतिशत छ ।

    भ्वाइसमा एनसेलको ४९ प्रतिशत हिस्सा रहेको छ । अझै ६ अर्ब १५ करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लैजाने बाँकी रहेको एनसेलले जनाएको छ । ८० प्रतिशत हिस्सा स्प्रेक्टलाइट युके लिमिटेडको छ भने बाँकी २० प्रतिशत स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चर्सको छ ।

    एनसेलको कन्टिजेन्सी दायित्व ८६ अर्ब रुपैयाँ छ । यस्तै ४७ अर्ब रुपैयाँ सरकारलाई पुँजीगत लाभकर तिरेको कम्पनीले जनाएको छ । तीन वर्षको अवधिमा कम्पनीको लाभांश भुक्तानी दर औसत ८३ प्रतिशत रहेको एनसेलले जनाएको छ । गत वर्ष एनसेलले २२ अर्ब ६० करोड ऋणको रेटिङ गराएको छ ।

     

    सन् २००१ मा स्थापना भएको स्पाइस नेपाल प्रालिले २००५ सेप्टेम्बरदेखि मेरो मोबाइल ब्राण्डमा मोबाइल सेवा सुरु गरेको हो । सन् २००८ मा युरोपको टेलिकम जाइट टलिसोनेराले बहुमत स्वामित्व लिएको हो । सन् २०१० मा कम्पनीको ब्राण्ड परिवर्तन गरेर एनसेल बनेको हो । कम्पनीको नाम एनसेल प्रालिमा परिणत भएको थियो ।

    सन् २०१६ मा आजियटा ब्रेहाड ग्रुपको प्रवेशपछि एनसेल आजियटा लिमिटेड भएको हो । २०२३ मा आजियटाको सबै स्वामित्व स्प्रेक्टलाइट युकेले खरिद गरे पनि नेपाल दुरसञ्चार प्राधिकरणले अनुमति नदिएका कारण स्वामित्व हस्तान्तरण भएको छैन् ।

    स्प्रेक्टलाइट युकेको स्वामित्व सिङ्गापुरमा रहेको गैरआवासिय नेपाली सतिशलाल आचार्यको हो । उनी सुनिभेर भेन्चर्सका पनि सञ्चालक हुन् ।

    यो पनि :

    बिजनेस घटेपछि धरासायी बन्दै नेपाल टेलिकम र एनसेल, पुनःसंरचना नगरे संकटमा

    एनसेलको नेपालमा दुई दशक : नयाँ प्रविधि आयो, मोबाइल सेवा सहज र सस्तो बन्यो

    बिजनेस खुम्चिन थालेपछि ओरालो यात्रामा नेपाल टेलिकम र एनसेल

    एनसेलले मोबाइल सेवामा बढायो गुणस्तर र पहुँच, राज्यलाई ३ खर्ब बढी राजस्व


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend