कञ्चनपुर माघ १ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका छन् ।
उनले आज शुभकामना सन्देश जारी गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई माघी मनाउन आग्रह गरेका छन् ।
उनले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन् ।
माघीपर्व थारू समुदायको महत्वपूर्ण पर्वका रूपमा रहेको छ ।