२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

मोरङमा तोरीमा किसानको आकर्षण बढ्दो, ११ हजार हेक्टरमा खेती

बिहिवार , पौष २५, २०८१

विराटनगर ।  मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा हरेक बर्ष तोरी खेति बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आर्थिक बर्ष २०७९/०८० मा ११ हजार ३ सय २२ हेक्टर जमिनमा किसानले तोरी लगाएकामा १३ हजार ७ सय ३३ मेट्रिक टन तोरी उत्पादन भएको थियो । गत बर्ष ११ हजार ३ सय ३४ हेक्टर जमिनमा तोरी लगाइएकोमा १४ हजार ६ सय ७७ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

यो बर्ष ११ हजार ३ सय ३४ हेक्टर क्षेत्रफलमा तोरी खेति गरिएको छ । मोरङ जिल्लाको १७ पालिकामध्ये कानेपोखरी गाउँपालिकामा सबैभन्दा धेरै तोरी लगाउने गरेको उक्त केन्द्रले जनाएको छ ।

त्यसैगरी जिल्लाको बेलबारी, पथरशनिश्चरे, सुन्दरहरैचा, रङ्गेली , रतुवामाई , लेटाङ , उर्लाबारी, सुनवर्सी , विराटनगर , बूढीगङ्गा , कटहरी ,धनपाल , जहदा , मिक्लाजुङ, केराबारी, ग्रामथान , लगायतका पालिकामा तोरी खेति हुने गरेको छ ।

यस वर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढ्न सक्ने कृषि ज्ञान केन्द्रका आदर्श सिंहले जानकारी दिए ।

नेपालमा लगाइने बालीमध्ये छैठौँ बालीकोरुपमा तोरी बालीलाई लिइन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैठौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ ।

जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट