२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

कोशी प्रदेश सरकारको लगानी सम्मेलन सर्‍यो, अब वैशाख १८ र १९

बिहिवार , पौष २५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो ।

बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । उनका अनुसार परियोजनाहरूको सोकेसिङ, कानुनको संसोधन र खरिद प्रकृया मार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको हो ।

उनले कतिपय कानुन र नीति संसोधनका लागि केन्द्रिय सरकारकोसमेत सहयोग चाहीने भएकाले सम्मेलन सार्नुपरेको बताए ।

कोशी प्रदेश सरकारले करिब १ खर्बको लागानी भित्र्याउने गरि लगानी सम्मेलनको तयारी गरिरहेको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेट मार्फत् लगानी सम्मेलन गर्ने गरि तयारी गरेर सरकारले काम गरिरहेको छ ।

लगानी सम्मेलनका लागि विभिन्न समितीहरू र सचिवालय गठन भइसकेको छ । अबको समय पर्याप्त भएको र तयारीको चरण पनि केही हद सम्म पुरा भइसकेकाले लगानी सम्मेलन भव्य रूपमा सम्पन्न हुने मन्त्री भण्डारीले बताए ।

उनले प्रदेशसभाको अधिवेशन माघको पहिलो साता गर्ने गरी छलफल अघि बढेको, अघिल्लो मन्त्रिपरिषद्को बैठक र बिहिबारको मन्त्रिपरिषद्को निर्णय बमोजिम आगामी सोमबार भित्र प्रदेशसभामा छ वटा विधेयक पुग्ने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट