काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे दुवै समूहकाे स्थायी कमिटी बैठक बिहीबार बस्दैछ ।
प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ भने प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक पेरिस डाँडामा बस्दैछ ।
दुवै समूहले आफ्ना आगामी रणनीतिबारे छलफल गर्दैछन् ।
बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोहलगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।