२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

५० अर्ब ऋण बोकेको वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

बिहिवार , पौष २५, २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ ।

सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्यत्रय छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल छन् ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्न सम्बद्ध निकायहरुबीच सम्झौता गर्ने, नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयन गर्ने, राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई शीघ्र अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बजारीकरण योजनासहितको रणनीतिक कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ ।

देशका विभिन्न जिल्लामा रहेका वायु सेवा निगमको स्वामित्वका जग्गा तथा भौतिक सम्पत्तिको उपयोग योजना तयार गरी चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर समितिलाई जानकारी दिन निर्देश गरेको छ ।त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले निगममा समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताएका थिए।

मन्त्री पाण्डेले निगमका विमान निर्धारित समयमा नै विमान उड्छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी भएको बताए । नेपाल वायु सेवा निगमलाई सुधार गर्न आफ्नो र मन्त्रालयका तर्फबाट हरसम्भव प्रयत्न भइरहेको उहाँले दोहोर्याएका थिए ।

समितिका सदस्य माधवकुमार नेपालले नेपाल वायु सेवा निगमका कामलाई गुणस्तरीय बनाउन सुझाव दिदै निजीकरणले मात्र समस्या समाधान नहुने तर्क गरे । निजी विमान कम्पनी नाफामा जाने तर नेपाल वायुसेवा निगम घाटामा जानुको कारणको अध्ययन गरी सुधारका कदम अविलम्ब चाल्नुपर्नेमा जोड दिए । वायुसेवा निगमको ऋण मात्रै ५० अर्ब रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट