बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

कांग्रेस प्रवक्ता शर्माको टीप्पणी : ‘जनताको जीवन रक्षाभन्दा भोटको अपेक्षा ठूलाे हुने सत्ता जनताको हाेइन’

कांग्रेस प्रवक्ता शर्माको टीप्पणी : ‘जनताको जीवन रक्षाभन्दा भोटको अपेक्षा ठूलाे हुने सत्ता जनताको हाेइन’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको जीवन रक्षाभन्दा भोटको अपेक्षा प्रधान हुने सत्ता जनताको नभएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता शर्माले सरकारले एकातिर कोरोनाको खोप ल्याउन चन्दा माग्दै सार्वजनिक सूचना निकालेको र अर्काेतिर चुनाव घोषणा गरेकोप्रति टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘खोप ल्याउन सरकार सार्वजनिक रूपले चन्दाको विज्ञापन छाप्छ । भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ । जनताको जीवन रक्षाभन्दा जनताको भोट अपेक्षा जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय !’

सरकारले बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर कोरोना विरुद्धको खोप खरिद गर्न आवश्यक पर्ने बजेटको जोहो गर्न दातृ निकायलाई सहयोगको सार्वजनिक अपिल गरेको थियाे ।

बुधबार प्रकाशित सूचनामा, कात्तिक २४ गतेको निर्णयअनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी नि:शुल्क वितरण गर्न रकमको आवश्यकता परेकाे सूचनामा उल्लेख छ । 

सूचनामा लेखिएकाे छ,’खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकउले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्छ ।’  कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend