logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • सुनौलो नेपालको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा प्यानल डिस्कसन आज

    सुनौलो नेपालको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा प्यानल डिस्कसन आज

    714
    Shares
    सुनौलो नेपालको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा प्यानल डिस्कसन आज

    काठमाडौं । सञ्चार प्रतिष्ठान सुनौलो नेपालले पर्यटकीय नगर पोखरामा आज विशेष कार्यक्रम आयोजना गर्दैछ । सुनौलो नेपालको आयोजनामा आज पोखरामा ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा प्यानल डिस्कसन कार्यक्रम हुँदैछ ।

    ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा सुनौलो नेपाल अनलाइन प्रालिले त्यहाँको सम्भावना खोजी र भावी योजना लगायत विषयमा केन्द्रित रहेर आज शुक्रबार डिस्कसन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आज (शुक्रबार) दिउँसो १ बजेदेखि पोखराको माउन्ट कैलाश रिसोर्टमा सुरु हुनेछ ।

    कार्यक्रमको प्रमुख अतिथिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र विशेष अतिथिमा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे रहेका छ्न ।

    कार्यक्रममा तीन सत्र आयोजना हुने छ । पहिलो सत्र ‘गण्डकी, पर्यटन र राष्ट्रिय अर्थतन्त्र’ को संभावना खोजीमा केन्द्रित हुनेछ । जसमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशी मुख्य वक्ता रहेका छन् । पहिलो सत्रमा नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक डिमप्रकाश पौडेलले सहजकर्ताको भूमिका निर्वाह गर्ने छन् ।

    दोस्रो सत्रमा ‘पर्यटन र पोखरा विमानस्थल’को विषयमा केन्द्रित रहेर छलफल अघि बढ्नेछ । यसमा वक्त्ताहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । सहजकर्तामा नबिल बैंकका सिनियर डिसीईओ मनोज ज्ञवाली छन् ।

    यसैगरी तेस्रो सत्रमा ‘पोखरामा पर्यटनका थप सम्भावना’बारे छलफल हुनेछ । तेस्रो सत्रमा गण्डकी प्रदेशका साामजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र पर्यटन व्यवसायी पोम नारायाण श्रेष्ठबीच छलफल हुने छ । यस सत्रमा सञ्चारकर्मी सुमन ढुंगानाले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।

    कार्यक्रममा गण्डकीका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले ‘गण्डकीमा स्वास्थ्य पर्यटनको सम्भावना’ बारे धारणा राख्ने छन् । त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्दिशक प्रदिप अधिकारीले ‘पोखरा विमानस्थल परिकल्पनादेखि सञ्चलानसम्म’ को अवस्थामा आउँदा भएका आरोहअवरोहका बारेमा जानकारी दिने छन् ।

    कार्यक्रमको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक र रारा चाउचाउ रहेका छन् । स्फटी हाइजिन, आइएसएमटी कलेज, ओम मेगाश्री फर्मास्युटिकल्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सहयोगी रहेका छन् । कार्यक्रम सहयोगीमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरापालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

    रेष्टुरेन्ट पाटर्नरमा अलेब कबाब, एयरलाइन्स पाटर्नरमा यती र बुद्ध एयर, ट्राभल पाटर्नर एमडी एड्भेन्चर ट्राभल एण्ड टुरिजम, एजुकेसन पाटर्नर काठमाडौँ मेडिकल कलेज र ग्राफिक्स पाटर्नर क्रियटिभ आईडियाज रहेका छन् ।

    कार्यक्रम सुनौलो नेपालको आधिकारिक युट्युब च्यानल सुनौलो नेपाल टिभी, न्युज २४ टेलिभिजन र पब्लिक फोरके टेलिभिजनबाट एकसाथ प्रत्यक्ष प्रसारण हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend