काठमाडौं । सञ्चार प्रतिष्ठान सुनौलो नेपालले आज पोखरामा आयोजना गरेको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षक कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बन्द्रीप्रसाद पाण्डे पोखरा पुगेका छन् ।
मन्त्री पाण्डेलाई सुनौलो नेपालका अध्यक्ष मोहराज पौडेलले पोखरा विमानस्थलमा स्वागत गरेका छन् ।
पोखरामा आज सुनौलो नेपालको आयोजनामा ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा प्यानल डिस्कसन कार्यक्रम हुँदैछ । सोही कार्यक्रममा विशेष अतिथि रहेका मन्त्री सहभागीताका लागि पोखरा पुगेका हुन् ।
कार्यक्रममा तीन सत्र आयोजान हुनेछ । कार्यक्रमको दोस्रो सत्रमा पर्यटनमन्त्रीले आफ्नो धारणा राख्ने छन् । दोस्रो सत्रमा ‘पर्यटन र पोखरा विमानस्थल’को विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।
यसमा वक्त्ताहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । सहजकर्तामा नबिल बैंकका सिनियर डिसीईओ मनोज ज्ञवाली छन् ।
कार्यक्रम आज दिउँसो १ बजेदेखि पोखराको माउन्ट कैलाश रिसोर्टमा सुरु हुँदैछ ।
यो पनि :
सुनौलो नेपालको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा प्यानल डिस्कसन आज