काठमाडौ । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।
गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्य आज पनि बढेको छ । आज शुक्रबार सुन प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला पाँच सय रूपैयाँ र बिहीबार प्रतितोला आठ सय रूपैयाँले सुनको मूल्य बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।