logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशका ७ सय ५३ स्थानीय तहमा शनिबार कांग्रेसकाे विरोध प्रदर्शन

    देशका ७ सय ५३ स्थानीय तहमा शनिबार कांग्रेसकाे विरोध प्रदर्शन

    3.7K
    Shares

    काठमाडौं । प्रतिनिधि सभा विघटन गरेको विरोधमा शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका छन् । विज्ञप्तिमार्फत देउवाले संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको बताएका छन् । 

    पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

    पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

    निर्णय अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरिसकेको छ ।

    कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला पर्खिनुपर्ने बताइरहेका छन् । कांग्रेसका अन्य नेताहरु भने प्रतिनिधिसभ पुन: स्थापनाका लागि आन्दाेलन गरिरहेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend