logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपाको सांसद हुँ भन्न पनि लाज लाग्छ : गंगा चौधरी 

    नेकपाको सांसद हुँ भन्न पनि लाज लाग्छ : गंगा चौधरी 

    6.2K
    Shares

    काठमाडाैं । प्रतिनिधिसभा सदस्य गंगा चौधरीले आफूलाई नेकपा सांसद भन्नपनि लाज लाग्ने गरेको प्रतिक्रिया दिएकी छन् । सुनौलो नेपालसँगको संवादमा चौधरीले पार्टीभित्रको झगडाका कारण देश डुब्न लागेको बताइन् । 

    ‘पार्टीभित्रको झगडाका कारण देश डुबाउन मिल्दैन, मलाई नेकपाको सांसद भन्न लाज लागिरहेको छ’, उनले भनिन् । चौधरीले नेकपाका कार्यकर्ताकै कारण नेताहरुको समेत दम्भ बढेको बताइन् । ‘हामी कार्यकर्ताले नै नेताहरुको कमजोरी ढाकछोप गरिरहेका छौँ, यसकै कारण नेताहरुमा दम्भ बढिरहेको छ’, उनले भनिन् । 

    प्रत्येक ६ महिनामा निर्वाचन गर्दा देश कता जान्छ भनेर प्रश्न गरेकी चौधरीले प्रचण्ड र माधव नेपाल पक्षले निर्वाचनसम्म पर्खिनुपर्ने मत राखेकी छन् । पार्टीमा सबैलाई मिलाएर लैजानुपर्ने दायित्व अध्यक्ष एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको रहेपनि उनले आफ्नो दायित्व पुरा गर्न नसकेको चौधरीको आरोप थियो । 

    भिडियाे : 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend