२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

काठमाडौं भ्युटावरको नक्सा रोक्का, छानबिन गर्दै महानगर

सोमवार , पौष २९, २०८१

काठमाडौ । राजधानीको पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावर निर्माणको नक्सा पास प्रक्रिया हालका लागि निष्क्रिय बनाइएको छ।

काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबीच २०७१ सालमा सम्झौता भएको यो परियोजनाबारे छानबिन प्रक्रिया जारी रहेको बताउँदै काठमाडौँ महानगरले भ्यु टावर निर्माणको नक्सा पास प्रक्रिया निष्क्रिय बनाइएको जनाएको छ।

महानगरपालिकाले छानबिन समिति गठन गरी भवन निर्माणको नक्सा पास सम्बन्धमा अध्ययन गरिरहेको जनाएको छ । समितिको प्रतिवेदन प्राप्त भई निर्णय नआएसम्मका लागि नक्सा पास प्रक्रिया रोकिएको महानगरद्वार जारी सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच २०७१ फागुन २२ मा काठमाडौं महानगरपालिका वडा नम्बवर २८ पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रालिबाट निर्माण हुँदै गरेको काठमाडौं भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ।’

२०७१ साल फागुन २२ गते भएको सम्झौता अनुसार काठमाडौं महानगरपालिका वडा नं २८ मा भ्यु टावर निर्माणको कार्य अघि बढाइएको थियो। तर, निर्माण प्रक्रिया र नक्सा पासको वैधानिकता विषयमा प्रश्न उठेपछि महानगरपालिकाले छानबिन प्रक्रिया अघि बढाएको हो।

काठमाडौं भ्युटावरको निर्माण कार्य सुरु भएदेखि नै यो परियोजना विवादमा छ। हाल नक्सा पास रोकिएको निर्णयसँगै यो परियोजना अझै अनिश्चित बनेको छ।

सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरिएको छ । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कला संस्कृति झल्किने किसिमको हुने बताइएको छ ।

कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो ।

टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा चार सय सवारी साधन अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ । टावरमा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुनेछ ।

यस्तो छ महानगरले जारी गरेको सूचना : 

यो पनि : 

काठमाडौँ ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट