२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

उकालो यात्रामा सुन, सोमबार पनि मूल्य बढ्यो

सोमवार , पौष २९, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेकोा छ । आज सुनको मूल्य तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य वृद्धि भइरहेको छ ।

पुस २२ गते तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ३ हजार ८०० रुपैयाँ बढिसकेको छ ।

केही समयअघि सरकारले भन्सार घटाएसँगै सुनको मूल्य ह्वात्तै सस्तिएको थियो । तर केही दिनदेखि सुन उकालो यात्रामा छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएकाले त्यसको प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरु बताउँछन् ।

आज सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट