logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • १ अर्ब ३० करोडमा नगरकोटमा पाँचतारे स्वर्णीम माउन्टेन रिसोर्ट निर्माण सुरु, ‘वेडिङ डेष्टिनेसन’ बन्ने

    १ अर्ब ३० करोडमा नगरकोटमा पाँचतारे स्वर्णीम माउन्टेन रिसोर्ट निर्माण सुरु, ‘वेडिङ डेष्टिनेसन’ बन्ने

    315
    Shares
    १ अर्ब ३० करोडमा नगरकोटमा पाँचतारे स्वर्णीम माउन्टेन रिसोर्ट निर्माण सुरु, ‘वेडिङ डेष्टिनेसन’ बन्ने

    काठमाडौं । नगरकोटमा पाँचतारे स्तरको रिसोर्ट थपिने भएको छ । निजी लगानीमा स्वर्णीम माउन्टेन रिसोर्ट निर्माण सुरु भएको छ । रिसोर्टको निर्माण आउँदो तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    रिसोर्ट पूर्वाधार बनाउन १ अर्ब २९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ६२ प्रतिशत बैंकको ऋण र ३८ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ । रिसोर्ट बनाउनका लागि आवश्यक जग्गा प्राप्तिको काम सकिएको स्वर्णीम माउन्टेनले जनाएको छ ।

    जग्गा प्राप्ति र अन्य काममा १४ प्रतिशत रकम खर्च भएको छ । जग्गा प्राप्तिको काम मात्र सकिएकाले रिसोर्ट परियोजना अहिले पनि प्रारम्भीक चरणमा छ ।

    ८० कोठा हुने रिसोर्टमा १८ वटा डिलक्स रुम, ५६ भिल्ला, चारवटा स्वीट भिल्ला र दुई प्रेसिडेन्टियल भिल्ला हुने भएको छ । यस्तै स्विमिङ पुल, बैंक्वेट हल र स्पालगयात अन्य सुविधा रहेने स्वर्णीम रिसोर्टले जनाएको छ । प्रस्तावित रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ किलोमिटर दुरीमा छ ।

    होटलमा ठूलो लगानी हुने भएकाले नाफामा जान लामो समय लाग्ने गरेको छ । होटलको जेस्टेसन पिरियड लामो हुने गरेको छ । सामान्यतया, होटलहरू लामो समय चाहिन्छ । प्रिमियम होटल निर्माण तीन वर्षसम्म लाग्न सक्छ जबकि सञ्चालनको स्थिरता थप दुई देखि तीन वर्ष लाग्न सक्छ ।

    ग्राहकहरूलाई आकर्षित गर्न, अकुपेन्सी स्तर कायम राख्न, आफ्नो ब्रान्ड स्थापना गर्न र होटलबाट लाभ उठाउन मूल्याँकन प्रमुख कारक हुनेछ । बैंकको ब्याजदरमा तलमाथि हुँदा असर गर्दै आएको छ ।

    रिसोर्ट सन् २०२१ मा स्थापना भएको हो । रिसोर्ट काभ्रेको मन्डनदेवपुर नगरपालिकामा पर्छ । होटललाई ‘वेडिङ डेष्टिनेसन’ फाइभ स्टार रिसोर्टका साथै क्लव र क्यासिनो सुविधा थप्ने योजना रहेको छ । रिसोर्टले ८० करोड रुपैयाँ ऋणको रिटिङ गराएको छ । रिसोर्टले डबल बि माइनस स्कोर पाएको छ ।

    होटलको संस्थपकमा नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल र गोपाल महर्जन रहेका छन् । रिसोर्टका अध्यक्ष हमाल हुन् । उनी लामो समयदेखि मेडिकल र उपकरण व्यवसायमा संलग्न छन् । उनी सुदीप इन्टरनेसनल र हिमालयन चिउरी आयल प्रालिका सञ्चालक पनि हुन् ।

    यस्तै महर्जन ट्राभल एजेन्सी, ह्यान्डीक्राफ्टको उत्पादक र निर्यातकर्ता हुन् । अर्गानिक एभोकाडो रिट्रिट सेन्टर र युनिक फ्युल र नमोबुद्ध एग्रो प्रालिका सञ्चालक पनि हुन् । यसैगरि नरेशलाल श्रेष्ठ टंगालमा रहेको तीन तारे स्तरको स्वर्णीम बुटिक होटलका सञ्चालक हुन् । उनी नेपाल क्यान्सर हस्पिटल र सिन्धु इन्भेस्टमेन्ट कम्पनीका सञ्चालकका साथै नेपाल ऊलन फेल्ट म्यानुफ्याक्चर एसोसियसनमा आवद्ध रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend