बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँः वरिष्ठ नेता पौडेल

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँः वरिष्ठ नेता पौडेल

चितवन माघ ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् ।

कांग्रेस चितवन क्षेत्र नं २ ले कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन आईतबार आयोजित श्रद्धाञ्जलिसभामा उनले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने धारणा ब्यक्त गरेका हुन् । 
 
 
सभामा  कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिबाट लाभ गर्न सक्छु भन्दा पनि राजनीतिबाट समाजमा केही गर्न सक्छु भनेर लाग्नु आवश्यक रहेको बताउँदै पार्टीका लागि त्याग गर्न सक्ने व्यक्ति मात्र सच्चा राजनीतिज्ञ हुने विचार ब्यक्त गरे । 
 
यसैगरि अर्का केनिद्रय सदस्य धनराज गुरुङले भक्तिप्रसाद तिमिल्सिना जस्ता नेताको लगनशिलता र त्यागले नै कांग्रेस जिवन्त रहेको धारणा ब्यक्त गरे ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend