
मुम्बई । साउथ इन्डियन अभिनेता विजय सेतुपतिले १६ जनवरी अर्थात हिजो उनको ४३ औं जन्मदिन मनाएका थिए । जन्मदिनको अवसरमा उनका फ्यान तथा आफन्तले शुभकामना तथा बधाई समेत दिइरहेका बेला उनले केक चक्कुको प्रयोग नगरी तरवारले काटेका कारण उनि विवादमा फँसे।
विजयले आफ्नो जन्मदिन निर्देशक पोनरामको नयाँ फिल्मको सेटमा मनाएका थिए । तरवारले केक काटेको तस्बिरलाई लिएर विवाद श्रृजना भएपछि उनले ट्वीटरमार्फत माफी मागेका छन्।
उनले आफ्ना फ्यानलाई धन्यवाद दिदै लेखेका छन्– ‘दुई दिन पहिले सोशल मिडियामा जन्मदिन मनाएको एक तस्बिर आएको थियो । जुन विवादमा समेत मुछियो ।’
‘तस्बिरमा म तरवारले केक काटिरहेको छु’ उनले अगाडि लेखेका छन् ‘म निर्देशक पोनरामको फिल्म अभिनय गरिरेहको छु । फिल्ममा तरवारको महत्वपूर्ण भूमिका छ ।’ उनले फिल्मका टिमसँग जन्मदिन मनाउदा केक काट्न त्यही तरवार प्रयोग गरेको समेत खुलाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend