सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

अदालतबाट बाहिरिँदै रास्वपा सभापति काठमाडौँ, २८ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतबाट बाहिरिँदै । उहाँलाई अदालतले आज प्रहरी हिरासतमा पठाएको छ । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । गत आइतबारदेखि चलेको बयान र थुनछेक बहसपछि यो आदेश गरेको हो ।

बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।

बुधबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । त्यस्तै, सुरज बस्नेत र राजेन्द्रप्रसाद सेढाईंले पनि उनको पक्षमा बहस गरे ।

यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । सुर्यदर्शनको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतले आदेश दिएको थियो ।

रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

यस्तो छ आदेश (पूर्णपाठ) :

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend