२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

तोलामा १२ सय बढेर १ लाख ५६ हजार ६ सय पुग्यो सुन

बिहिवार , माघ ३, २०८१

काठमाडौ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२ सय रुपैयाँले बढेको हो ।

बिहीबार सुन तोलामा १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा तोलामा ५० रुपैयाँ बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट