२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुक्खा बन्दरगाह कार्यालयको राजस्व संकलन घट्यो, छ महिनामा कति ?

बिहिवार , माघ ३, २०८१

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व संकलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजार रुपैयाँ कमी आएको छ । कार्यालयले चालु आवको साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गर्यो ।

त्यस्तै भदौ महिनामा चार अर्ब ६४ करोड ३० लाख रुपैयाँ, असोज महिनामा चार अर्ब ३६ करोड ४५ लाख रुपैयाँ, त्यस्तै कात्तिक महिनामा तीन अर्ब ७९ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यस्तै मङ्सिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख रुपैयाँ र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले गत आवको छ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट