logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • विवादमा तानियो भारतीय वेभ सिरिज ‘ताण्डव’ , प्रहरीमा मुद्दा दर्ता

    विवादमा तानियो भारतीय वेभ सिरिज ‘ताण्डव’ , प्रहरीमा मुद्दा दर्ता

    3.4K
    Shares

    अमेजन प्राइम भिडियो बाट  १५ जनवरीमा रिलिज भएको वेभ सिरिज ‘ताडव’ विवादमा फसेको  छ ।  भारतीय जनता तथा  विभिन्न पार्टीका संगठनका नेताहरुले यसमा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् । यस सिरिजलाई लिएर लखनउको हजरतगन्ज प्रहरी चौकीमा सब–इन्स्पेक्टर एफआइआर अमननाथ यादवले एफआइआरसमेत दर्ता गरेका छन् । एफआइआरमा ‘सिरिजले हिन्दु देवीदेवताको अपमान गरेको र जातीय भेदभावपूर्ण टिप्पणी गरिएको’ जनाएको छ । 

    अमेजन प्राइम भिडियोका कन्टेन्ट हेड अपर्णा पुरोहित, वेभ सिरिजका निर्देशक अली अब्बास जफर, निर्माता हिमांशु कृष्ण मेहरा, लेखक गौरव सोलंकीविरुद्ध मुद्दा दर्ता गरिएको हो । यो भिडियामा धार्मिक भावना भड्काउने किसिमका संवाद तथा दृश्यहरु रहेको, धर्मसँग जोडेर अमर्यादित तरिकाले बोलेका संवादहरु रहेको आरोप लगाइएको छ । 

    नौ एपिसोड भएको यो श्रृङ्खला सार्वजनिक भएको दुई दिनभित्रै सामाजिक सञ्जालमा विरोध सुरु भएको हो । बिजेपी नेता कपिल मिश्राले एक लिगल नोटिस पठाएर अमेजन इन्डियाबाट यो वेभ सिरिज हटाउन भनेका छन् । समाजवादी पार्टी प्रमुख मायावतीले शान्ति, सद्भाव र आपसी सम्बन्धमा बिगार्ने किसिमका आपत्तिजनक दृश्यहरु श्रृङ्खलाबाट हटाउनुपर्ने समेत बताएका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend