मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

सरकारले नीतिगत सुधार गर्छ, ढुक्कले जलविद्युतमा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का

सरकारले नीतिगत सुधार गर्छ, ढुक्कले जलविद्युतमा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् ।

उनले सरकारले जलविद्युत उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले मुलुकको अवरोध गरेका सबै कुरालाई फुकाउँदै अगाडि बढेको बताए । उनले सरकार निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने बताउँदै डर नमानी, खुट्टा नकमाई जलविद्युतमा लगानी गर्न आग्रह गरे ।

उनले जलविद्युत उत्पादनमा समस्याहरु रहेको सरकारलाई जानकारी रहेको भन्दै समस्याको समाधान सरकारले गर्ने बताए । उनले समृद्धि, सुशासन, रोजगारी सिर्जना गर्ने सरकार र निजी क्षेत्रको लक्ष्य एउटै रहेको बताए । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले सरकारले पीपीए नरोक्ने बताए ।

उनले सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए नरोकिने उल्लेख गरे । उनले जलविद्युत उत्पादन क्षेत्रमा देखिएका समस्या समाधानको लागि नीतिमा सुधार गर्न तयार रहेको बताए ।

उनले मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरे अध्यादेश ल्याएको भन्दै राम्रो काम गर्नको लागि विवाद र रुवाबासी गर्न आवश्यक नभएको बताए । उनले सरकार राम्रो कामको लागि आँखा चिम्लेर अगाडि बढ्ने उल्लेख गरे ।

उनले भने,‘ जलविद्युत उत्पादनमा समस्याहरु छन् । तर समस्याको समाधान सरकारले नै गर्ने हो । सरकार र निजी क्षेत्र मिलेर नै समस्या समाधान गर्ने हो । समृद्धि,सुशासन,रोजगारी सिर्जनाका लागि नै काम गर्ने हो । सरकार र निजी क्षेत्रको लक्ष्य एउटै हो । निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न आग्रह गर्न चाहन्छु ।

निजी क्षेत्रका समस्याहरु सरकारले राम्रोसँग बुझेको छ । पीपीएका कुरा आएका छन् । पीपीए रोकिँदैन । सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए रोक्नुको कारण छैन । सबै समस्याहरुको समाधान गरेर यो सरकार अगाडि जान्छ । नीतिमा सुधार गर्नुपर्छ भने सरकारले नीतिमा सुधार गर्छ ।

मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरे अध्यादेश ल्यायौं । राम्रो काम गर्नको लागि विवाद र रुवाबासी गर्नु पर्ने कारण छैन । सरकार राम्रो कामको लागि आँखा चिम्लेर अगाडि बढ्छ । त्यसैले निजी क्षेत्रले निर्धक भएर लगानी गर्न आग्रह छ । विगतमा एउटा आयोजना बन्न १० वर्ष लागेपनि अब त्यस्तो समय लाग्दैन ।’

उनले जलविद्युत क्षेत्रमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । उनले आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिने र बाँकी रहेकोमात्रै बिजुली बेच्नुपर्ने धारणा राखे । उनले सरकारले राम्रा कामका लागि विभिन्न ऐन कानून बनाएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend