२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

लयमा फर्किन थाल्यो घरजग्गा कारोबार, पुसमा कति राजश्व संकलन ?

शनिवार , माघ ५, २०८१

काठमाडौँ । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व संकलनमा वृद्धि भएको छ ।

गत मङ्सिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रुपैयाँ बराबर संकलन भएकामा पुस मसान्तसम्म चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ रुपैयाँ राजश्व प्राप्त भएको छ ।

विभागका अनुसार सो महिनामा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ रुपैयाँ संकलन भएको छ । यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पूँजीगत लाभकरबाट एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक सय ७२ रुपैयाँ प्राप्त भएको छ ।

काठमाडौँ उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व संकलन गरेको छ । सो कार्यालयले ४० करोड ९४ लाख ४२ हजार सात सय ३२ रुपैयाँ राजश्व संकलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले दुई लाख ८९ हजार ८४, मालपोत कार्याल भक्तपुरले २९ करोड ७६ लाख १३ हजार दुई सय ७१, मालपोत कार्यालय डिल्लीबजारले २१ करोड ९० लाख ९९ हजार छ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले २२ करोड ९३ लाख ८० हजार तीन सय ६७, कलङ्की मालपोतले २१ करोड ९३ लाख ७१ हजार सात सय ९२, मालपोत कार्याल साङ्खुले १० करोड ३२ लाख ५९ हजार छ सय २२, मनमैजुले छ करोड ६८ लाख २९ हजार पाँच सय ६१, मालपोत कार्यालय टोखाले छ करोड ७७ लाख ३४ हजार छ सय ९७ रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १६ करोड ११ लाख तीन हजार चार सय ८१, मालपोत कार्यालय इनरुवा सुनसरीले १० करोड ९३ लाख ७४ हजार दुई सय ५७ रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट