logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • व्यवसायीहरु भन्छन् : ‘नेपाल वुड एक्स्पो उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम’

    व्यवसायीहरु भन्छन् : ‘नेपाल वुड एक्स्पो उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम’

    581
    Shares
    व्यवसायीहरु भन्छन् : ‘नेपाल वुड एक्स्पो उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम’

    काठमाडौं । नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम बनेको सहभागी व्यवसायीहरुले बताएका छन् ।

    शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डमा शुरु भएको मेलामा आफ्नो कम्पनीहरुको स्टल राखेका व्यवसायीहरु मेला उपभोक्तामाझ पुग्ने सही माध्यम भएको बताउँछन् ।

    उनीहरुले यस्ता मेलाहरुले नेपालमा मात्रै नभइ विदेशमा पनि आफ्ना उत्पादनहरुको बजारीकरण गर्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताए । मेलामा सहभागी अल्ट्रा इन्टिरियोका सञ्चालक श्री खनालले मेलामा सहभागी हुँदा आफ्ना उत्पादनहरु उपभोक्तामाझ बुझाउने र पुर्याउन सहज बनेको बताए । उनले नयाँ उत्पादनबारे जानकारी दिने, आफ्ना सामग्रीहरुको प्रचारप्रसार गर्ने माध्यम बेला बनेको बताए ।

    उनले भने, ‘यो मेलामा सहभागी हुनुको कारण भनेको हाम्रा उत्पादनहरु प्रमोशन गर्नु हो । कुनैपनि एग्जिबेसनको उद्देश्य त्यही नै हो । नयाँनयाँ प्रोडक्टहरु के लञ्च भइरहेका छन्, नयाँनयाँ के आइरहेका छन् भनेर इन्फरमेसन दिने उद्देश्यले इभेन्ट अर्गनाइज भएको हो । अवलोकनकर्ता कम भएपनि यही क्षेत्रमा जानकारी लिने किसिमको हुनुहुन्छ । त्यसैले महत्वपूर्ण छ ।’

    मेलामा सहभागी मयुर प्लाइका सहायक महाप्रवन्धक नवराज केसीले नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी प्रचार प्रसार गर्ने सही माध्यम भएको बताए । उनले आफ्ना उत्पादनलाई बजारीकरण गर्नका लागि यस्ता एक्स्पोहरुको भुमिका महत्वपूर्ण हुने बताए ।

    उपभोक्ताहरुसँग प्रत्यक्ष भेट हुने र उपभोक्ताले रुचाएअनुसारका उत्पादनहरु आगामी दिनमा बनाउन मेलाले मदत पुग्ने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘यो एउटा प्रचारप्रसारको माध्यम हो । यसमा सिधा उपभोक्ताहरुसँग भेट हुन्छ । यसबाट हामीले बजारमा आफ्नो उपस्थितिलाई बढाउन मद्दत पुग्छ । यहाँ आउने अवलोकनकर्ताहरुले प्लाइवुड र ढोकाहरुमा बढी जोड दिइरहनुभएको छ । यसले हामीलाई नेपालमा मात्रै नभइ विदेशमा आफ्नो बजारीकरणका लागि पनि मद्दत पुग्छ ।’

    मिराज काठ उद्योगका व्यवस्थापक ईश्वर पोखरेलले मेलाले उपभोक्ताहरुसँग प्रत्यक्ष जोडिन मद्दत पुगेको बताए । उनले आफ्ना सामग्रीहरु विदेशमा पनि बिस्तार र व्यापार गर्न मेला महत्वपूर्ण रहेको बताए ।

    उनले भने, ‘हाम्रो कम्पनीमा ढोकाहरुमा गुणस्तरीय उत्पादन गर्नेभित्र पर्छ नेपालको हकमा । त्यसैले यसमा बजारीकरण पनि हुन्छ । उपभोक्ताहरुसँग सिधा जोडिन सकिन्छ । यस्ता मेलाहरुले हाम्रो सामान देशमा मात्र नभइ विदेशमा पनि बिस्तार गर्न मद्दत पुग्छ ।’

    त्यस्तै ऋद्धिसिद्धि ल्याबिनेट्स प्रालिका सहसंस्थापक रवि नेमानीले मेलाले आफ्ना सामग्रीहरुको बजार बिस्तारमा महत्वपूर्ण भुमिका खेलेको बताए ।

    भारतका सामग्रीहरु नेपाली बजारमा ल्याउन र आम नागरिकलाई बुझाउन मेला महत्वपूर्ण रहेको बताए । मेलाले आफ्ना उत्पादनको प्रचार प्रसारमा मद्दत पुग्ने उनले बताए ।

    उनले भने, ‘हामी आफ्ना उत्पादनहरु नेपाली बजारमा बिस्तार गर्नका लागि मेलामा आएका छौँ । यस्ता एक्स्पोहरुले नेपालमा आफ्ना उत्पादन बिस्तार गर्न मद्दत पुग्छ । आफ्ना उत्पादनहरुको प्रचार प्रसार गर्नका लागि मदद्त पुग्छ । मेला अवलोकन गर्न आउनेहरुबाट हामी सन्तुष्ट छौँ ।’

    यता, ज्यागवार प्लाइका निर्देशक रोहित नेमानीले आफ्ना उत्पादित सामग्रीहरुलाई उपभोक्ताहरुमाफ पुर्याउन मेला महत्वपूर्ण रहेको बताए । उनले यस्ता मेलाले आफ्ना उत्पादनबारे जानकारी नहुनेलाई जानकारी दिन फाइदा पुग्ने बताए ।

    उनले भने, ‘हाम्रो बारेमा उपभोक्ताहरुलाई पनि जानकारी हुनुपर्छ भनेर जानकारी दिन र आफ्नो उत्पादनहरुको बजार बिस्तार गर्नका लागि एक्स्पोमा आएका छौँ । थाहा नहुनेलाई जानकारी दिनुपर्छ भनेर हो ।’

    त्यस्तै, ट्राइनोक्स नेपालका निर्देशक सुजित माधोगरियाले आफ्ना उत्पादनहरुको बजारीकरण गर्न र उपभोक्ताहरुसँग भिज्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले उपभोक्ताले चाहेको मागअनुसारको उत्पादन गर्न मेलाले सन्देश दिने बताए । आफ्ना उत्पादनको सुधार गर्न पनि मेला महत्वपूर्ण रहेको उनले बताए ।

    उनले भने, ‘हामी जति पनि नयाँ उत्पादनहरु ल्याउँछौँ, हरेक उपभोक्ताहरुसँग भिज्न जरुरी हुन्छ । हाम्रो बजारसम्म सामानहरु पुगेपनि उपभोक्ताले कस्तो चाहेको छ । कस्तो लागेको छ त्यो जान्नका लागि र हामीले आफ्ना उत्पादनको सुधार गर्नका लागि यस्ता एक्स्पोहरुको आवश्यक पर्छ ।’

    उनले धेरै अवलोकन कर्ताहरु आउने भन्दा पनि आवश्यक भएका र बुझ्न चाहेका अवलोकनकर्ताहरु आएर बुझिदिँदा नै आफूहरु सन्तुष्ट हुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend