logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सपथ समारोहमा उपस्थित नहुने चौथो अमेरिकी राष्ट्रपति ट्रम्प

    सपथ समारोहमा उपस्थित नहुने चौथो अमेरिकी राष्ट्रपति ट्रम्प

    3.5K
    Shares

    वाशिंटन । अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक नेता जो बाइडेनले आज  सपथ ग्रहण गर्दै छन् । उनी ४६ औं राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गर्नेछन् । 

    बाइडेनले चीफ जस्टिस जोन जी रोबर्ट जुनियरबाट क्यापिटोल हिल्समा सपथ लिनेछन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै आफू बाइडेनको सपथ समारोहमा उपस्थित नहुने जानकारि दिईसकेका छन् । यो अमेरिकी राजनीतिक इतिहास मै १५० वर्षपछि यस्तो घटना दोहारिदै छ । न्युयोर्क टाइम्सले ट्रम्पले अमेरिकाको लोकतान्त्रिक परम्परा तोडेको आरोप समेत लगाएको छ । 

    अहिलेसम्म अमेरिकी लोकतन्त्रको इतिहासमा तीन राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको सपथ समारोहमा सहभागी जनाएका  थिएनन । यसमा सन् १८०१ मा जोन एडम्बस, १८२९ मा जोन क्विन्सी एडम्स र १८६९ मा एन्ड्रयु जोनसन थिए । यसको लामो समयपछि पुनः अमेरिकामा इतिहास दोहोरिएको छ । 

    अमेरिकामा निर्वाचित राष्ट्रपतिलाई यस समारोहमार्फत आगामी चार वर्षका लागि सत्ता हस्तान्तरण गरिन्छ । संविधानको २० औं संशोधन अनुसार जननिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल २० जनवरीको मध्याह्नबाट सुरु हुन्छ । सपथविना निर्वाचित राष्ट्रपतिले पद ग्रहण गर्न पाउँदैन । यो एक प्रतीकात्मक प्रक्रिया हो । यसमा शान्तिपूर्ण तरिकाले वर्तमान राष्ट्रपतिबाट सत्ता निर्वाचित राष्ट्रपतिलाई हस्तान्तरण गरिन्छ । 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend