बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

एक मिनेट बसेर सकियाे प्रदेश एककाे प्रदेशसभा बैठक 

एक मिनेट बसेर सकियाे प्रदेश एककाे प्रदेशसभा बैठक 

माेरङ । प्रदेश एककाे प्रदेशसभाको बैठक हिउँदे अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सकिएको छ । बैठक शुरू भएको एक मिनेटमै स्थगित भएकाे हाे ।

सभामुख प्रदीप भण्डारीले अनिश्चितकालका लागि बैठक स्थगित भएको सभामा जानकारी गराएका थिए ।

बुधबारकाे बैठकका लागि प्रदेश प्रमुखबाट हिउँदे अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने एक मात्र कार्यसूचीमा समावेश थियो । 

बुधबार नै बसेकाे कार्यव्यवस्था परामर्श समितिको बैठकमा ६ महिनाभित्र संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था जोगाउन प्रदेश प्रमुखको पत्र पढेर सुनाउने सहमति भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend