२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सिमेन्ट उत्पादक र निर्माण व्यवसायी बीच सहमति

आइतवार , माघ ६, २०८१

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघ रनेपाल निर्माण व्यवसायी महासंघ बीचमा सहमति भएको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितीमा सिमेन्ट उत्पादक र निर्माण व्यवसायी बीच सहमति भएको हो ।

नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु र नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायसंग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरुका बीचमा सिमेन्ट उद्योगहरुले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने तथा उद्योगहरुमा भई रहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिँगलाई अन्त्य गरी निर्वाध रुपमा उद्योग संचालन गर्ने वातावरण मिलाउने सम्बन्धमा उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने सहमति भएको हो ।

त्यस्तै, सिमेन्ट उद्योगीहरु र निर्माण व्यवसायीहरुले एक अर्काका समस्याहरुलाई मनन गरी आ–आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा संग संगै अगाडी बढ्ने लगायतका विषयमा छलफलबाट सहमती कायम भएको नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट