बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

नेकपाको प्रचण्ड–नेपाल समूहले माघ ९ गते जनप्रदर्शन गर्ने

नेकपाको प्रचण्ड–नेपाल समूहले माघ ९ गते जनप्रदर्शन गर्ने

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले माघ ९ गते जनप्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभाको विघटनपछि विभाजन भएको नेकपाको प्रचण्ड–नेपाल समूहले माघ जनप्रदर्शन गर्ने भएको हो । 

गएकाे शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय सङ्घर्ष समिति, उपत्यका संघर्ष समिति, वागमती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको बैठकले काठमाडौमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो । 

बैठकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुलुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको छ । समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जनअधिकराको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायतलाई आग्रह गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend