logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • अहिलेसम्मकै धेरै परिमाणसहित खैरो हिरोईनको कारोबार गर्ने जालो प्रहरी फन्दामा

    अहिलेसम्मकै धेरै परिमाणसहित खैरो हिरोईनको कारोबार गर्ने जालो प्रहरी फन्दामा

    2.1K
    Shares

    काठमाडौं । काठमाडौं उपत्यकाभित्र लागु औषध, खैरो हिरोईनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा परेको छ ।

    लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौं उपत्यकाभित्र लागु औषध खैरो हिरोईनको कारोबार गर्ने जालोलाई पक्राउ गरेको हो । खैरो हिरोईनसहित ९ जना पक्राउ परेका हुन् । उनीहरुबाट ब्यूरोले ५ सय ३६ दशमलव पाँच ग्राम खैरो बरामद गरेको छ । यो परिमाण प्रहरीले बरामद गरेको हालसम्मै धेरै भएको ब्यूरोका प्रमुख एसएसपी दिलिप कुमार चौधरीले जानकारी दिए ।

    ब्यूरोले उनीहरुको साथबाट ७ दशमलव ५ ग्राम एमफेटाइमन आइस ड्रग र लागु औषधी तौल गर्ने मेसिन पनि बरामद गरेको छ । यस्तै, ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद, ६ हजार १ सय अमेरिकन डलर र ३ थान सवारी साधन समेत बरामद गरेको छ । प्रमुख एसएसपी चौधरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिदैं काठमाडौं उपत्यकाभित्र कारोबार गर्ने अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको बताए ।

    लागु औषध नियन्त्रण ब्यूरोले पक्राउ परेको नौ जनालाई नै बुधबार सार्वजनिक गरेको हो । ब्यूरोको अनुसार पक्राउ परेका व्यक्तिहरुले लागु औषध खैरो हिरोईन प्रति १ ग्राम ३ हजार देखि १० हजरसम्ममा बिक्रि वितरण गरेको अनुसन्धानमा देखिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend