बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

लगानीमैत्री वातावरण तयार गर्नेगरी अध्यादेश आयो, लगानीमा सुधार हुने आशा छ : अध्यक्ष कोईराला

लगानीमैत्री वातावरण तयार गर्नेगरी अध्यादेश आयो, लगानीमा सुधार हुने आशा छ : अध्यक्ष कोईराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले लगानीमैत्री वातावरण तयार गर्न सरकारले अध्यादेश ल्याएकाले लगानीमा सुधार हुने आशा रहेको बताएका छन् ।

मंगलबार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कोईरालाले यस्तो बताएका हुन् । उनले अहिले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताए ।

उनले बैंकहरुमा निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पतीको मात्रा बढिरहेको भन्दै हाल निष्क्रिय कर्जा ४.५ प्रतिशतसम्म पुगेको बताए । उनले निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी नआएको भनिए पनि निराश हुने अवस्था नभएको बताए ।

उनले बैंकहरुबाट पछिल्लो समय लगानी नै नभएको भन्ने अवस्था नभएको भन्दै केही प्रतिशत वृद्धि भइरहेको बताए । उनले आगामी दिनमा लगानीको ग्रोथ वृद्धि भएर जाने अवस्था देखिएको बताए । उनले जलविद्युत र पर्यटन क्षेत्रमा लगानीको लागि वातावरण बन्दै गएको बताए ।

अध्यक्ष कोईरालाले बैंकहरूले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले बैंकका कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे ।

कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरूको सामना गर्नुपरेको बताए । उनले कर्जा रिकभरीमा स्थानीय तहको सहयोगको अभावले बैंकहरूलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend