२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

मंगलवार , माघ ८, २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल नौ खर्ब २१ अर्ब १६ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ ।

गत आवको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान दुई दशमलव ०१ प्रतिशतले घटेर ८९ दशमलव २८ प्रतिशत कायम भएको छ ।

नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ । पछिल्लो छ महिना अवधिमा भारतबाट पाँच खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा ७३ अर्ब ७१ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा चार खर्ब २९ अर्ब १४ करोड रुपैयाँ बराबर छ । त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा चीनसँग एक खर्ब ५८ अर्ब ६२ करोड रुपैयाँ र अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड रुपैयाँ व्यापार घाटा व्यहारेको छ ।

नेपालले एक सय २३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट