logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • रवि आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

    रवि आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

    175
    Shares
    रवि आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

    काठमाडौँं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् । त्यसका लागि उनी हिजै भैरहवा पुगेका छन् ।

    हिजो रविसँगै निकिता र केही केन्द्रीय नेता रुपन्देही पुगेका हुन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि रवि अदालतमा उपस्थित हुन लागेका हुन् ।

    सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ ।

    यसअघि सहकारी प्रकरणमा रवि कास्की र काठमाडौं जिल्लाबाट धरौटीमा रिहा भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend