आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी

कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । 

बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी माग गरेको हो । वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै दरखास्त आह्वान गरेको हो । 

शुक्रबारको गोरखापत्र दैनिकमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। बैंकका अनुसार अनलाइनबाट पनि जागिरका लागि दरखास्त आवेदन दिन सकिने छ।

आवेदन भर्ने समयावधि माघ ९ गतेदेखि २९ गतेसम्म रहनेछ  । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend