२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

डेढ अर्बमा पोखरा लेकसाइडमा लक्जरी अपार्टमेन्ट बनाउँदै अतिथि, वैशाखदेखि खुल्ने

बिहिवार , माघ १०, २०८१

काठमाडौं । निजी लगानीमा स्थापना भएको अतिथि स्विट्स प्रालिले पोखरा लेकसाइडमा लक्जरी अपार्टमेन्ट बनाइरहेको छ । कूल ७२ हजार ३ सय ३ वर्गफिट क्षेत्रफलमा फैलिएको अपार्टमेन्टमा ५१ कोठा हुनेछन् ।

जसमध्ये बिएचके–१ मा १३, बिएचके–२ मा २६ र बिएचके–३ मा ११ कोठा हुनेछन् । ५१ मध्ये १७ अपार्टमन्टको बुकिङ भइसकेको छ ।

एउटा पेन्टहाउस र हेल्थ क्लबसहित दुइटा टावर बनिरहेका छन्। लक्जरी अपार्टमेन्टमा हेल्थ क्लब, रुफटप स्विमिङ पुल, रेस्टुरेन्ट, बेसमेन्ट पार्किङलगायत अत्याधुनिक सुविधासहित संरचना हुने अतिथिले जनाएको छ ।

अपार्टमेन्ट आउँदो वैशाखदेखि सञ्चालन (मध्य अप्रिलसम्म) ल्याउने लक्ष्य लिएको छ । रियल इस्टेट सर्भिस अपार्टमेन्टको लागत १३ प्रतिशत बढेर १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ पुगेको छ । यसअघि रियल इस्टेट अपार्टमेन्ट परियोजना बनाउन १ अर्ब ३७ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

इन्टेरियर र फर्निचर विदेशबाट आयात र परियोजनाको निर्माण अवधिको ब्याज (आइडिसी) थपिएपछि लागत बढेको अतिथी स्वीटले जनाएको छ । अपार्टमेन्ट गत असारदेखि सञ्चालनमा ल्याउने तयारी भएको थियो । समय पनि एक वर्षपछि धकेलिएको छ ।

नयाँ लगानी संरचनाअनुसार ३९ प्रतिशत बैंकको ऋण, १२ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) र बुकिङबाट ४९ प्रतिशत लगानी जुटाउने योजना रहेको छ । ५९ करोड ६० लाख रुपैयाँ ऋण पुरै व्यवस्थापन भएको छ भने जनवरीको पहिलो सातासम्म अपार्टमेन्टको वित्तीय प्रगति ८७ प्रतिशत पुगेको छ ।

अतिथीले ६० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । अपार्टमेन्ट परियोजना अन्तिम चरणमा पुगेको छ । सिभिल निर्माण सम्पन्न भई स्ट्रक्चर वक्र्सका साथै फर्निसिङको काम अन्तिम चरणमा पुगेको छ । इन्टेरियर र फर्निचर सामाग्री साइटमा आइसकेको छ ।

यसका लागि काम भइरहेको अतिथिले जनाएको छ। अतिथि स्विट्स सर्भिस अपार्टमेन्ट कम्प्लेक्स बिजनेस मोडलमा सञ्चालन हुने अपेक्षा छ। होटलको मोडेलमा सञ्चालन गर्ने तयारी भएको अतिथिले जनाएको छ।

अतिथि रिसोर्ट एन्ड स्पा प्रालिद्वारा विकास गरिएको अपार्टमेन्ट बिक्री र लिज ब्याकमा दिने भएको छ । त्यस्ता सेवा अपार्टमेन्टहरूको माग मुख्यतया गैरआवासीय नेपालीबाट हुने गरेको छ । गैरआवासिय नेपालीलाई लक्षित गरी परियोजना बनाइएको हो ।

अतिथि स्विट्स सन् २०२० डिसेम्बरमा स्थापना भएको हो । अपार्टमेन्ट पर्यटकीय नगरी पोखराको केन्द्रमा अवस्थित छ ।

विभिन्न सुविधासाथ पोखरा सहरको निकटताले मानिसलाई थप फाइदा दिन्छ । छुट्टी मनाउन पोखरा जाने पर्यटकलाई अपार्टमेन्टमा लगानी गर्न सहज हुने भएको छ । निर्माणाधीन अपार्टमेन्ट पृथ्वी राजमार्गसँग जोडिएको छ ।

अतिथिका प्रबन्ध निर्देशक भरतराज शर्मा हुन् । उनको होटल, घरजग्गा, कपडा, पेयपदार्थ, खाना र हर्बल उत्पादनसहित विभिन्न व्यवसायमा लामो अनुभव छ ।

शर्माले सन् २०१२ देखि सञ्चालनमा रहेको ५० कोठा क्षमताको होटल अतिथि रिसोर्ट एन्ड स्पा प्रालिका प्रवद्र्धक तथा निर्देशक हुन भने उनको पोखरामकै टेम्पल ट्री रिसोर्ट र स्पामा पनि लगानी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट