२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

छ महिनामा झापामा पुँजीगत खर्च २० प्रतिशत

शुक्रवार , माघ ११, २०८१

झापा । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुसार जिल्लाका लागि १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० रुपैयाँ विनियोजन भएकोमा पुस मसान्तसम्म दुई अर्ब १५ करोड ३६ लाख दुई हजार आठ सय ८४ रुपैयाँ खर्च भएको छ । “चालुतर्फ विनियोजित १६ अर्ब चार करोड ८९ लाख ४५ हजारमध्ये ४५ दशमलव २६ रुपैयाँ अर्थात् सात अर्ब २६ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ”, उनले भने ।

समग्रमा चालु आवको छ महिनामा ४५ दशमलव २६ प्रतिशतअर्थात् नौ अर्ब ४१ करोड ६६ लाख नौ हजार रुपैयाँ खर्च भएको कोष नियन्त्रक तिम्सिनाले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहले पुँजीगत खर्च बढाउन नसकेका हुन् ।

चालु आवको पुस महिनासम्ममा जिल्लाभर नौ अर्ब ८८ करोड २६ लाख ७१ हजार चार सय २८ रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालयले सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट