काठमाडौं माघ ९ । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधव पक्षले भन्ने कुरा केहि नपाएपछि ‘बयलगाढा’को प्रसंग बारम्बार दोहोर्को आरोप लगाएका छन् ।
ओली समूहको पेशागत विशेष जिल्ला कमिटीद्वारा काठमाडौंमा आयोजित वृहत कार्यकर्ता भेलालाई संवोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले सो समयमा आफ्नो पार्टीको एजेण्डा गणतन्त्र नभएको पनि जनाएका छन् । उनले आफुले बयलगाढा चढेर अमेरिका जान सकिँदैन भनेको स्मरण गर्दै भने, ‘त्यो समयमा गणतन्त्र हाम्रो पार्टीको एजेण्डानै थिएन’, त्यसबेला हाम्रो पार्टी संवैधानिक राजतन्त्रको पक्षमा थियो ।’
प्रतिनिधिसभा विघटन गरेपछि दुई भागमा विभाजित नेकपाका नेताहरु सामान्य राजनितिक मर्यादालाई समेत वेवास्ता गर्दै एक–अर्काको चर्को आलोचनामा उत्रीएका छन् ।