logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जर्मनीमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो  

    जर्मनीमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो  

    5.7K
    Shares

     बर्लीन माघ ९ । जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु भएको जर्मनीका रोबर्ट कोच इन्स्टिच्युट रोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । जर्मनी सङ्क्रमणका आधारमा विश्वको १० औँ बढी प्रभावित मुलुक हो ।

    अमेरिका, भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली र टर्की बढी कोभिड–१९ सङ्क्रमित रहेका मुलुकहरूको क्रमशः अग्र नौ स्थानमा रहेका छन् । एशियाली मुलुकहरूमा भारत, चीन, पाकिस्तान, बङ्गलादेश,जापान, कोरिया लगायतका मुलुकहरूमा सङ्क्रमितको सङ्ख्या उच्च रहेको छ ।

    जर्मनीमा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या ८५९ रहेको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमपछि मृत्यु भएका व्यक्तिको सङ्ख्या ५० हजार ६४२ पुगेको पुष्टि केन्द्रले गरेको हो ।

    जर्मनीमा सन् २०२० को सुरूदेखि नै सङ्क्रमित देखिएपनि वर्षको पहिलो छ महिनामा अन्य केही यूरोपेली मुलुकको तुलनामा सङ्क्रमण दर निकै कम रहेको थियो । जर्मनीमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २१ लाख १० हजारभन्दा माथि पुगेको छ । 

    जर्मनीले पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण दरमा वृद्धि भएपछि नियन्त्रणका लागि आगामी फेब्रुअरी १४ सम्म आंशिक लकडाउन गर्ने घोषणा यसपहिले नै गरेको छ । यूरोपका कतिपय मुलुकहरूले अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने निर्णय गरेपनि जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना भाइरस नियन्त्रणमा आइनसकेको भन्दै तत्काल अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने निर्णय गरेकी छैनन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend