काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका नार्केस्थित वीपी राजमार्गमा सिलिण्डर बम र बनेपा नगरपालिका बुडोलस्थित सडक छेउमा शंकास्पद वस्तु फेला परेको छ ।
काभ्रेपलाञ्चोकको बनेपामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम डिस्पोज गरिएको प्रहरीले जनाएकाे हाे ।
बिहान बम भेटिएपछि अरनिकाे र बीपी राजमार्ग ठप्प भएकाे थियाे । अहिले सञ्चालनमा आएकाे छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए । शुक्रबार राति पनि बनेपामा केही पड्किएको आवाज सुनिएको स्थानीयले बताएका छन् ।
विप्लव समूहले आफ्ना केन्द्रीय समिति सचिवालयका कञ्चन पक्राउ गरेको विरोधमा शनिबार नेपाल बन्दको आह्वान गरेका छ । यही क्रममा देशभरका विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु फेला परिरहेका छन् ।