सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

भन्सारका समस्या समाधानका लागि निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरी छ : अर्थसचिव घिमिरे

भन्सारका समस्या समाधानका लागि निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरी छ : अर्थसचिव घिमिरे

काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सारका समस्या समाधान र सुधारका लागि निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार नेपाल समुन्द्रपार निकासी पैठारी संघले भन्सार दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले विगतको तुलनामा भन्सारमा धेरै सुधार भएको भन्दै आवश्यक भौतिक पूर्वाधार अझै बाँकी रहेको बताए । उनले भन्सारमा निजी क्षेत्रलाई व्यापार सहजिकरणको लागि सरकारले आवश्यक रुपमा काम गरिरहेको बताए ।

उनले पछिल्लो समय मुलुक आयात र निर्यात दुवैमा सुधार हुनु मुलुकको लागि उत्साहजनक विषय भएको बताए । उनले कस्ट अफ डुइङ विजनेस बढ्ने भनेको निजी क्षेत्रको सरोकारको विषय मात्रै नभएर समग्र मुलुककै सरोकारको विषय भएको बताए ।

उनले भन्सारमा नयाँ प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको भन्दै भौतिक उपस्थिति बिना अनलाइन प्रणालीको विकास भइरहेको बताए ।

उनले निजी क्षेत्र र सरकार आरोप–प्रत्यारोप भन्दा पनि एउटै उद्देश्य भन्सारका समस्या सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘पछिल्लो समय मुलुक आयात र निर्यात दुवैमा सुधार भएको छ । त्यो उत्साहजनक छ । समान रुपमा निरन्तर कसरी राख्ने भन्ने चुनौती छ । कष्ट अफ डुइङ विजनेस भनेको समग्र अर्थतन्त्रको लागि हो । यो निजी क्षेत्रको सरोकारको विषय मात्रै होइन । समग्र मुलुककै सरोकारको विषय हो ।

प्रशासनकी कार्यहरुलाई प्रभावकारी र सरल बनाउँदा कम गर्न सकिन्छ । कस्ट अफ डुइङ विजनेस तथ्याङ्क प्रकाशित हुन छाडेको छ तर प्राथमिकता राखेको छ । भन्सारलाई टेक्नोलोजी र नयाँ प्रविधिको प्रयोग बढाउन आवश्यक छ । भौतिक उपस्थिति बिना अनलाइनमा काम गर्न आवश्यक छ । दुई देशबीचको कारोबारमा केही समस्या भएपनि समाधान गर्दै जानुपर्छ ।

विगतको तुलनामा भन्सारमा धेरै सुधारहरु भएको छ । अझै सुधारको लागि सरकारले पहल गरिरहेको छ । निजी क्षेत्र र सरकार आरोपप्रत्यारोप गरेर मात्रै हुँदैन । सरकार र निजी क्षेत्र दुई पक्ष होइन । हाम्रो एउटै उदेश्य हुनुपर्छ । भन्सारका समस्या सुधार गर्न निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरी छ ।’

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले लामो समयदेखि भन्सार सुधारको प्रयास गरिरहेको बताए । उनले भन्सारमा पछिल्लो समय धेरै सुधार भएपनि केही नीतिहरु कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।

उनले भन्सार प्रशासनमा व्यवसायीहरुले दैनिक रुपमा भोगेका समस्या समाधानको लागि खुला छलफल गरेर समाधान गर्न तयार रहेको बताए ।

उनले भन्सार विभाग भन्सार प्रशासनमा सुधार गरी व्यापार सहजिकरण गर्न तयार रहेको बताए । उनले भन्सार विभाग र निजी क्षेत्रबीच भन्सारका समस्याका विषयमा निरन्तर रुपमा छलफल गर्दा मात्रै पनि धेरै समस्याहरु समाधान हुने अवस्थामा रहेको उल्लेख गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend