बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

टिकटक बनाउँदा १८ वर्षीय युवकको ज्यान गयो

टिकटक बनाउँदा १८ वर्षीय युवकको ज्यान गयो

एजेन्सी । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवकको शनिबार रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । 

पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो  दुर्घटना भएको जनाइएको छ  । 

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको  अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ । 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend