काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार साढे बाह्र बजे बैठक बोलाइएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।
शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो । आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्न लागिएको श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण बारे पनि छलफल हुनेछ ।