शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

१९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि मुख्यमन्त्री बन्दै

१९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि मुख्यमन्त्री बन्दै

एजेन्सी । भारतको हरिद्वार जिल्लाको दौलतपुर गाउँकी १९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि मुख्यमन्त्री बन्ने भएकी छिन् ।

राष्ट्रिय बालिका दिवस ९२४ जनवरी० को अवसर पारेर गोस्वामीलाई उत्तराखण्डको मुख्यमन्त्री बनाइन लागिएको बीबीसी हिन्दीमा उल्लेख छ । यससँगै उनी उत्तराखण्डकी पहिलो महिला मुख्यमन्त्री बन्नेछिन् ।

उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् भने त्यहाँका विभागीय कार्यका बारेमा जानकारी लिनेछिन् । त्यसबखत विभागका कर्मचारीले आफ्नो प्रस्तुति दिने बीबीसी हिन्दीले समाचारमा उल्लेख छ ।

कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि सहभागी हुनेछन् । सो कार्यक्रम भारतीय समयअनुसार आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म आयोजना हुनेछ ।

उत्तराखण्डस्थित बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार गोस्वामीलाई एक दिनको मुख्यमन्त्री बनाउने पहलको उद्देश्य युवतीहरुमा सशक्तिकरण फैलाउनु रहेको छ । 
 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend