logo

२०८१ माघ १४ सोमबार

logo
  • सोमबार, १४ माघ २०८१
  • कोइलाबास नाकामा राजस्व संकलन घट्यो, छ महिनामा ७१ लाख मात्र उठ्यो

    कोइलाबास नाकामा राजस्व संकलन घट्यो, छ महिनामा ७१ लाख मात्र उठ्यो

    133
    Shares
    कोइलाबास नाकामा राजस्व संकलन घट्यो, छ महिनामा ७१ लाख मात्र उठ्यो

    दाङ । कोइलाबास भन्सार कार्यालयमा राजस्व संकलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ७१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।

    नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ”, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ ।

    गत साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा रु नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा दुई लाख ७६ हजार कम राजस्व संकलन भएको छ । भदौमा १३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यसमा छ लाख रुपैयाँ राजस्व संकलन भएको छ । लक्ष्यभन्दा सात लाख रुपैयाँ कम राजस्व संकलन भएको छ । असोजमा १३ लाख २६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकामा सात लाख संकलन भएको छ । यो लक्ष्यभन्दा छ लाख रुपैयाँ कम हो ।

    कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ लाख संकलन भएको छ । यो ७०.९० प्रतिशत हो । तर पनि लक्ष्यभन्दा तीन लाख रुपैयाँ कम राजस्व संकलन भएको छ । मङ्सिरमा १३ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा नौ लाख रुपैयाँ संकलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा चार लाख ७६ रुपैयाँ कम राजस्व संकलन भएको छ ।

    पुसमा १३ लाख रुपैयाँको लक्ष्य लिएकामा ३० लाख रुपैयाँ संकलन गरिएको छ । यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा १७ लाख रुपैयाँ बढी राजस्व संकलन भएको निमित प्रमुख रजौरेले बताए । भन्सार कार्यालयले चालु आवमा एक करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको निमित प्रमुख रजौरेले बताए ।

    कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताए । भारतबाट नेपाल आउने गाडीलाई दैनिक छ सय रुपैयाँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपैयाँ लिने गरेको उनले बताए ।

    भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend