logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  •  भारतको राजधानी दिल्लीमा आतंकवादी हमलाको सूचनापछि ‘हाई अलर्ट’, आठ रोहिंग्या पक्राउ

     भारतको राजधानी दिल्लीमा आतंकवादी हमलाको सूचनापछि ‘हाई अलर्ट’, आठ रोहिंग्या पक्राउ

    5.6K
    Shares

    काठमााडौं । आतंकवादी संगठनले हमला गर्ने तयारी गरिरहेको सूचना मिलेको भन्दै भारत सरकारले राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

    आउने मंगलबार (जनवरी २६) का दिन आतंकवादी संगठनले दिल्ली, अयोध्या र बोधगयामा हमला गर्ने तयारी गरेको सूचना मिलेको भन्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा हमला गर्न सक्ने अनुमान गरिएको छ ।

    देशका धेरै उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरेको बताइएको छ । यसको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई अलर्टमा राखिएको हो । यस्तो अवस्थामा दिल्लीसहित देशका कुनै पनि स्थानमा आतंकवादीले हत्या हिंसा मच्चाउन सक्ने आशंका भारत सरकारले गरेको छ । आतंकवादीले जारी किसान आन्दोलनको आड पनि लिन सक्ने आशंका भएपछि सुरक्षा एजेन्सीको निद्रा हराएको छ ।

    केन्द्रीय गृह मन्त्रालय दिल्लीसहित धेरै राज्य सरकार र प्रहरी प्रमुखसँग सम्पर्कमा छ । दिल्ली प्रहरीको आतंकविरोधी दस्ता अर्थात् स्पेसल सेलका एक वरिष्ठ अधिकारीले आतंकवादी आक्रमणको गम्भीर संकेत पाइएको बताएका छन् ।

    उनका अनुसार आतंकवादी संगठनले दिल्ली, अयोध्या र बोधगयामा समेत हमला गर्न सक्छ । यसको तयारीका लागि रोहिंग्याको एक समूह प्रशिक्षणमा रहेको उनको दाबी छ । यसका साथै खालिस्तान, उत्तर पूर्वी राज्यका उग्रवादी संगठन र जम्मु–कस्मिरका केही आतंकवादी संगठन एक भएका छन्। दिल्लीमा ठूलो दंगा भड्काउने एक संस्थाले पनि आतंकवादी संगठनलाई साथ दिएको सूचना प्राप्त भएको छ। यो सूचना गत हप्ता प्राप्त भएको ती अधिकारीले बताएका छन् । एजेन्सी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend