काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भयाे भनेर कराउनेहरु संविधान विराेधी भएकाे बताएका छन् । आइतबार काठमाडौंमा अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले अहिले संसद विघटन भयाे भनेर जाे कराइरहेका छन् उनीहरु नै संविधान विराेधी भएकाे बताएका हुन् । उनले भने ‘कराउने मानिसहरू नै संविधान, लाेकतन्त्र र जनविराेधी मानिसहरू हुन् ।’
उनले जाे कराइरहेका छन् उनीहरुले नै देशमा अस्तव्यस्त बनाएकाे र देशमा स्थिरता ल्याउन नदिएकाे आराेप पनि ओलीले लगाएका छन् । उनले बहुमतकाे सरकार भंग गरेर जाेडजाम पारेर सरकार बनाउने र स्थिरताकाे नाटक गर्न खाेजेकाे पनि बताए ।
उनले संसद विघटनकाे विराेध गर्ने सांसदहरुले ५ वर्षसम्म जागिर खान खाेजेकाे भन्दै प्रश्न गरे, ‘के सांसद भनेकाे जागिर हाे ? देश र जनताका लागि काम गर्न छाेडेर अरुकाे लागि, अरुद्वारा निर्देशित काम गरेकाे पनि उनले आराेप लगाए । अब जनताले नै कुन सांसदले राम्राे काम गरेकाे र कसले नगरेकाे भनेर फैसला गर्ने उनकाे भनाइ थियाे ।
उनले शासन सत्ता आफ्नाे हातमा नलिएर जनताकाे ताजा जनादेशमा सुम्पिएकाे पनि बताए । ‘मैले आफ्नाे हातमा लिएकाे भए तानाशाही हुन्थ्याे तपाईँहरुकाबीचमा मैले फैसला गर्ने जिम्मा दिएकाे छु म तानाशाह भएँ ?’ उनले भने ।
अन्तर्क्रिया कार्यक्रममा ओलीले शारीरिक रुपमा भएको अशक्तता भन्दा मानसिक दरिद्रता खतरनाक हुने पनि बताए । ‘कोही-कोही सपांग छु भन्नेहरु देशको हितविपरीत लागेका छन् । शारीरिक रुपमा हुने कमजोरी भन्दा मानसिक दरिद्रता ज्यादै खतरनाक हुन्छ’ उनले भने ।
उनले साहित्यकार तथा लेखक झमक घिमिरेको उदाहरण दिएर अपांगता भए पनि चेतनाले धेरै काम गर्न सकिने बताए । ओलीले सरकारले अपांगता भएकाहरुलाई सकेको सहयोग गर्ने उद्घोष पनि गरे । उनले भने, ‘अहिलेको सरकारले जति सक्छ त्यति गर्छ । त्यति धेरै गर्न नसक्ला, तपाइको समस्या सक्दो समाधान गर्छ। तर, सरकारका सीमा छन् । ’
हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन