logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्रीविरूद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा

    प्रधानमन्त्रीविरूद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा

    2.5K
    Shares

    काठमाडौं । प्रधानमन्त्रीविरूद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ । प्रधानमन्त्रीकाे अभिव्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य आइतबार अदालतको अवहेलनामा मानहानीको मुद्दा बोकेर सर्वाेच्च अदालत पुगेका हुन् ।

    उनको मुद्दा दर्ता हुने प्रक्रियामा रहेको बताइएकाे छ । ओलीमाथि विचाराधीन मुद्दा प्रभावित गर्ने गरी पटक–पटक अभिव्यक्ति दिएको, बहस गर्ने वकिलहरुमाथि जभाभावी बोलेको आरोप लगाइएको छ ।

    माघ ९ गते कार्की बेङ्क्वेटमा आफ्नो पार्टीको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे’ वकिल लिएर तमासा हेर्न गएकाे भनी मजाक गरेका थिए । सर्वोच्च अदालतमा हुने बहसलाई ‘तमासा’ र अदालतमा बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भनेर निन्दायुक्त शब्द प्रयोग गरेको रिट निवेदकको भनाइ छ ।

    manhani 1.JPG

    manhani 2.JPG

    यस्तै, बारका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्तरुपमा विज्ञप्ति निकालेर कानून व्यवसायीमाथि प्रधानमन्त्रीले निर्लज्ज व्यवहार देखाएको आरोप लगाएका छन् ।

    manhani 3.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend