logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • नेकपा विवादः ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव पक्षको निर्णय

    नेकपा विवादः ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव पक्षको निर्णय

    2.5K
    Shares

    काठमाडौं माघ ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । आइतबार बसेको नेकपा (प्रचण्ड–माधव पक्ष) काे स्थायी समिति  बैठकले ओलीले पार्टीले मागेको स्पष्टीकरणको जवाफ नदिएको र पार्टी विरोधी काम गरेको ठहर गर्दै यस्तो निर्णय गरेको हो । 

    पार्टीको  माघ २ गते बसेको स्थायी समिति बैठकले ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भन्ने प्रश्नको स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।  सोही  निर्णय अनुसार माघ ५ मा स्थायी समिति सदस्य सुुरेन्द्र पाण्डे, नेता मुकुन्द न्यौपाने र कार्यलय सचिव श्रीराम ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा स्पष्टीकरण पत्र  बुझाएका थिए ।  

    बैठकले पार्टी कार्यलय सचिवमा गंगालाल तुलाधरलाई थप्ने र उपसचिवमा मोहन गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ ।

    गत पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विवाद चर्किरहेको छ । यसअघि प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टी अध्यक्षबाट निश्कासन गरी उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend