विश्वकै सबैभन्दा धनि व्यक्ति एलन मस्कको कम्पनी स्पेसएक्सले आइतबार एक रकेटबाट १४३ साना उपग्रह प्रक्षेपण गरेर रेकर्ड राखेको छ । ट्रान्सपोर्टर–१ नाम दिइएको यस अभियानलाई फ्लोरिडाको क्याप केनावेरल स्पेस फोर्स स्टेशनबाट टू स्टेज फाल्कन– ९ रकेटको माध्यामबाट उपग्रहलाई अन्तरिक्षमा पठाइएको थियो ।
स्पेसएक्सले आफ्नो सामाजिक सञ्जालको अकाउन्टमा लेखेको छ, ‘फाल्कन–९ १४३ स्याटलाइट लिएर अर्बिटमा गएको छ । यो एकल मिसनमा पठाइएको उपग्रहहरुको सबैभन्दा ठूलो संख्या हो । यसको साथ, स्पेसएक्सको पहिलो स्मलसेट रिडसेयर प्रोग्राम मिसन पूरा भइरहेको छ ।
आइतबार लन्च गरिएको १४३ स्याटलाइटमा अमेरिका र जर्मनीको ४८ अर्थ इमेजिङ स्याटलाइट, १७ कम्युनिकेशन स्याटलाइट र ३० वटा साना स्याटलाइट समावेश छन् ।
फाल्कन–९ रकेटले क्यूबसेट्स अर्थात् निकै भारी स्याटलाइटलाई अर्बिटमा पठाएको हो । कम्पनीका अनुसार, राइडसेयर प्रोग्रामले साना स्याटलाइट कम्पनीहरुलाई कम लागतमा अन्तरिक्षसम्मको पहुँच दिन्छ । दुई सय किलोग्राम तौल भएको स्याटलाइटका लागि एक मिलियन डलरबाट सुरुवात भएको थियो । यसको माध्यामबाट कम्पनीले आफ्ना स्याटलाइट अन्तरिक्षमा पठाउन सक्छ ।
स्पेसएक्सले यसअघिका रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । सन् २०१८ को नोभेम्बरमा साइग्नस मिसनबाट १०८ स्याटेलाइट प्रक्षेपण गरिएको थियो । स्पेसएक्सको यसभन्दा अघिल्लो रेकर्ड डिसेम्बर २०१८ मा ६४ स्याटलाइट लन्च गरेको थियो । फ्लोरिडाबाट पोलर करिडोर रुटको प्रयोग गर्ने ट्रान्सपोर्टर–१ सन् १९६९ पछि यो दोस्रो मिसन थियो । एजेन्सी