logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एलन मस्कको स्पेसएक्सको नयाँ विश्व रेकर्ड, एकैपटक १४३ स्याटलाइट प्रक्षेपण 

    एलन मस्कको स्पेसएक्सको नयाँ विश्व रेकर्ड, एकैपटक १४३ स्याटलाइट प्रक्षेपण 

    4.5K
    Shares

    विश्वकै सबैभन्दा धनि व्यक्ति  एलन मस्कको कम्पनी स्पेसएक्सले आइतबार एक रकेटबाट १४३ साना उपग्रह प्रक्षेपण गरेर रेकर्ड राखेको  छ । ट्रान्सपोर्टर–१ नाम दिइएको यस अभियानलाई  फ्लोरिडाको क्याप केनावेरल स्पेस फोर्स स्टेशनबाट टू स्टेज फाल्कन– ९ रकेटको माध्यामबाट उपग्रहलाई अन्तरिक्षमा पठाइएको थियो । 

    स्पेसएक्सले आफ्नो सामाजिक सञ्जालको अकाउन्टमा लेखेको छ, ‘फाल्कन–९ १४३ स्याटलाइट लिएर अर्बिटमा गएको छ । यो एकल मिसनमा पठाइएको उपग्रहहरुको सबैभन्दा ठूलो संख्या हो । यसको साथ, स्पेसएक्सको पहिलो स्मलसेट रिडसेयर प्रोग्राम मिसन पूरा भइरहेको छ । 

    MUSK.JPG

    आइतबार लन्च गरिएको १४३ स्याटलाइटमा अमेरिका र जर्मनीको ४८ अर्थ इमेजिङ स्याटलाइट, १७ कम्युनिकेशन स्याटलाइट र ३० वटा साना स्याटलाइट समावेश छन् ।

    फाल्कन–९ रकेटले क्यूबसेट्स अर्थात् निकै भारी स्याटलाइटलाई अर्बिटमा पठाएको हो  । कम्पनीका अनुसार, राइडसेयर प्रोग्रामले साना स्याटलाइट कम्पनीहरुलाई कम लागतमा अन्तरिक्षसम्मको पहुँच दिन्छ । दुई सय किलोग्राम तौल भएको स्याटलाइटका लागि एक मिलियन डलरबाट सुरुवात भएको थियो । यसको माध्यामबाट कम्पनीले आफ्ना स्याटलाइट अन्तरिक्षमा पठाउन सक्छ । 

    स्पेसएक्सले यसअघिका रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । सन् २०१८ को नोभेम्बरमा साइग्नस मिसनबाट १०८ स्याटेलाइट प्रक्षेपण गरिएको थियो । स्पेसएक्सको यसभन्दा अघिल्लो रेकर्ड डिसेम्बर २०१८ मा ६४ स्याटलाइट लन्च गरेको थियो । फ्लोरिडाबाट पोलर करिडोर रुटको प्रयोग गर्ने ट्रान्सपोर्टर–१ सन् १९६९ पछि यो दोस्रो मिसन थियो । एजेन्सी

    
    


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend